कांग्रेसले जितेका ५ वटा वडामा पञ्चिकरणको काम निशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कांग्रेसले जितेका ५ वटा वडामा पञ्चिकरणको काम निशुल्क



धरान । धरान उपमहानगरपालिकाले आर्थिक ऐन ०७५ लागू गर्दै करमा वृद्धि गर्दै जन्मदर्ता, मृत्यु दर्ता तथा विवाह दर्ता जस्ता पञ्जिकरणमा समेत शुल्क लिने निर्णय गरे पनि नेपाली कांग्रेसले जितेका ५ वटा वडामा भने पञ्चिकरणको काम निशुल्क गर्ने जनाएका छन् ।

२० वडा भएको धरान उपमहानगरपालिकामा कांग्रेसले जितेको १ नं. वडाका वडा अध्यक्ष रोशन अधिकारी, २ नंं वडाध्यक्ष माधव गोविन्द श्रेष्ठ, वडा नंं ५ं का सन्तोष लिम्बु, १४ नंं का कृष्ण प्रसाद भट्राई र १८ नंं वडाका नरेन्द्र राई (प्रवीण) ले वडामा हुने सबै प्रकारका पञ्जिकरणका काममा शुल्क निलिने घोषणा गरेका छन् ।पुर्जेली न्यूजको सहयोगमा

प्रकाशित : ५ भाद्र २०७५, मंगलवार १३:४०