लोकमानसिंह कार्कीलाई ज्यान मार्ने धम्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लोकमानसिंह कार्कीलाई ज्यान मार्ने धम्की



काठमाडौं । भ्रष्टाचार नियन्त्रणका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आक्रामक कारबाही सुरु गरेपछि प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ज्यान मार्नेसम्मका धम्की आउन थालेको छ ।

कार्कीलाई उनको सचिवालयका कतिपय कर्मचारी तथा उनका निकटस्थ भनी चिनिएका व्यक्तिहरुको टेलिफोनमार्फत धम्की आउन थालेको र सशस्त्र प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रमुखहरुलाई कारबाहीको दायरामा ल्याएपछि यो क्रम बढेको बुझिएको छ ।

त्यसअघि अकुत सम्पत्ति आर्जन गरेको आशंकामा उच्च राजनीतिक एवम् प्रशासनिक तहका उनन्तीस व्यक्तिहरुलाई अनुसन्धानको सीमामा ल्याउन अख्तियारले पत्र काटेदेखि नै कार्कीलाई धम्की आउने क्रम सुरु भएको घटना र विचारले लेखेको छ ।

सशस्त्र प्रहरी बलका तत्कालीन प्रमुख कोषराज वन्त तथा पूर्वप्रमुखहरु सनतबहादुर बस्नेत, वासुदेव ओली र शैलेन्द्र श्रेष्ठलगायतले भ्रष्टाचार गरेको प्रमाण फेलापरेपछि अख्तियारले उनीहरुविरुद्द कारबाही सुरु गरेको थियो । कारबाहीमा परेपछि कोषराज वन्त अलिक बढी आक्रोसित बनेको र उनले लोकमानविरुद्द जथाभावी बोल्दै हिँडेको सूचना अख्तियारले प्राप्त गरेको छ ।

 

 

प्रकाशित : १५ पुष २०७२, बुधबार ०३:०४