प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न वित्त आयोगको महत्व थाहा छ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न वित्त आयोगको महत्व थाहा छ?



काठमाडाै । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्राकृतिक स्रोत तथा वित्तिय आयोग गर्न गर्न माग गरेका छन्। संविधानले वित्त आयोग गठनको व्यस्था गरेपनि सरकारले नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई तत्काल गठन गर्न माग गरेका हुन ।

मंगलबार संसद बैठकमा उनले  आयोगमा नियुक्ति गरेर ऐनमा भएका कमजोरीलाई सच्याएर नियमावली बनाएर त्यो अनुरुपको कामलाई अघि बढाउन माग गरे।

‘सरकारले कर्मचारीको आदेशमा समस्याको समाधान खोज्दै छ। के प्रधानमन्त्रीज्यूलाई वित्त आयोगको महत्व थाहा छ?,’ थापाले प्रश्न गरे।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारलाई कुन–कुन क्षेत्रमा कर लगाउने निर्धारण गरेको छ। तर, यसको नियमावली खोइँ? नियमावलीमात्रै भएको भए, अहिलेको थुप्रै समस्याहरु आउँदै आउँदैन्थ्यो- थापाले भने । कर केमा लगाउने ? ऐनले भन्यो, कसरी लगाउने नियमले भन्थ्यो? यो समस्या आउँदैनथ्यो ।’

प्रकाशित : ५ भाद्र २०७५, मंगलवार १५:५१