करको उचित सदुपयोग खै ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

करको उचित सदुपयोग खै ?



काठमाडाै । नेपाली कांग्रेसका नेता तथा संसद विनोदकुमार चौधरीले राज्यले जनताबाट उठाएको करको उचित सदुपयोग हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका  छन् । मंगलबार संसद बैठकमा उनले राज्यका विभिन्न तहमा लगाइएको दाहोरो करले छापा माध्यम रंगीन र सदन तातिएको अवस्था भएको बताए । करदाताले धान्न नसक्ने गरी दोहोरो रुपमा कर लगाउन नहुने र उठाइएको कर उपयुक्त स्थानमा सदुपयोग हुनु पर्ने मान्यतामा कर उठाउनु पर्ने उनको जिकिर थियो ।

‘तर विगतमा उठाइएका कर व्यवस्थामा कर उठाएपनि सामाजिक सुरक्षा कोषमा प्रत्येक क्षेत्रका सरकारी र नीजि क्षेत्रका मजदूरले दिएको २२ अर्व रकम जम्मा भएको छ। उनीहरुको आवास, शिक्षा लगायतका विषयमा खर्च गरिनु पर्नेमा ६६ सालदेखि यताका सरकार कति जिम्मेवार भए।’ उनले प्रश्न गरे।

प्रकाशित : ५ भाद्र २०७५, मंगलवार १६:२८