सरकारले जनकपुर चुरोट कारखानाको ३५ करोड ऋण तिरिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सरकारले जनकपुर चुरोट कारखानाको ३५ करोड ऋण तिरिदिने



काठमाडौं । सरकारले जनकपुर चुरोट कारखानाले तिर्नुपर्ने करिब ३५ करोड ऋण तिरिदिने भएको छ । करिब २० वर्षदेखि जनकपुर चुरोट कारखानाले तिर्न नसकेको नेपाल बैंकको उक्त कर्जा सरकारले तिर्ने भएको हो ।

सरकारले उक्त ऋण भुक्तानी गर्ने सम्बन्धमा नेपाल बैंक र अर्थमन्त्रालयबीच केही दिनअघि सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले जानकारी दिए। सहमतिअनुसार सरकारले यही पुस महिनाभित्र उक्त रकम बैंकलाई भुक्तानी गर्ने उनले बताए । बैंकले सरकारलाई कुल ब्याजको ८५ प्रतिशत रकम छुट दिने सहमतिसमेत भएको छ ।

आर्थिक बर्ष ०५२र५३  मा जनकपुर चुरोट कारखानाले नेपाल बैँकबाट २९ करोड रुपैयाँ कर्जा लिएको थियो । कारखानाको परिसरमा रहेको जग्गा र मेसिनरी धितोमा उक्त कर्जा लिइएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ

प्रकाशित : १५ पुष २०७२, बुधबार ०३:०९