ङादी गु्रप पावरको साधारण सभा असोज ४ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ङादी गु्रप पावरको साधारण सभा असोज ४ गते



काठमाडौं । ङादी गु्रप पावरको साधारण सभा  असोज ४ गते हुने भएको छ । कम्पनीले साउन ३१ गते बसेको संचालक समतिको बैंठकले भदौं २७ गते गर्ने भने साधारण सभा विशेष कारणले असोज ४ गते हुने भएको छ ।सभा अमृतभोग क्याटरर्स, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।साधारण सभाकाे लागि ङादीले भदौ १४ गते  दर्ता  किताब बन्द हुने भएकाे छ ।

ङादीले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । पुँजी वृद्धि गर्न हाल कायम चुक्ता पुँजीबाट ३०% हकप्रद निष्कासन गर्ने अर्को विशेष प्रस्ताव पनि पेश हुनेछ ।

आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष ७५–७६ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने अर्को एजेन्डा पनि पेश हुनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

प्रकाशित : ८ भाद्र २०७५, शुक्रबार १५:११