साँग्रिला डेभलपमेन्ट बैंकको सीईओमा सुुयोग श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साँग्रिला डेभलपमेन्ट बैंकको सीईओमा सुुयोग श्रेष्ठ



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत(सीईओ)मा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । संचालक समितिको बैठकले श्रेष्ठलाई उक्त पदमा नियुुक्त गर्ने निर्णय गरेको हो ।श्रेष्ठ यसअघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए ।

सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ् करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेडसम्मको जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै, उनले सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुँदै प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरी त्यसपछि सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्य समेत गरेका थिए । श्रेष्ठले सन् २०१० मा एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुँदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सकेका थिए ।

प्रकाशित : ८ भाद्र २०७५, शुक्रबार १६:४९