कांग्रेसनिकट जनप्रतिनिधिलाई देउवाकाे निर्देशन– ध्यान दिएर मात्रै कर उठाउनुहोला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कांग्रेसनिकट जनप्रतिनिधिलाई देउवाकाे निर्देशन– ध्यान दिएर मात्रै कर उठाउनुहोला



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको भन्दै कांग्रेसले जितेका स्थानीय तहले ध्यान दिएर मात्रै कर उठाउनुपर्ने बताएका छन।

 

‘संविधानले तीनवटै तहले सरकारले कर लिन सक्ने भनेको छ,’ सभापति देउवाले भने, ‘ध्यान दिएर मात्रै कर उठाउनुहोला ।’केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवालेकम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने कोसिस गरिरहेको आरोप लगाए ।

कार्यक्रममा प्रतिष्ठानका प्रमुख तथा उपसभापति विमलेन्द्र निधिले तीन तहको सरकार हुँदा कांग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई आग्रह गरे । ‘कांग्रेसको सरकार कहाँ छ भनेर खोज्यो भने स्थानीय तहमा मात्रै छ,’ निधिले भने, ‘तपाईंहरुको कामले नै कांग्रेसले अर्को चुनावमा स्थान पाउँछ । यसकारण अरुले भन्दा फरक र उदाहरणीय काम गर्नुहोस् । जनताले कांग्रेसले जितेका ठाउँमा गर्‍याे है भन्ने पार्न सक्नुपर्छ ।’

प्रकाशित : ११ भाद्र २०७५, सोमबार १२:०८