जनता बैंकको ‘मेरो तलब खाता’ संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

जनता बैंकको ‘मेरो तलब खाता’ संचालनमा



काठमाडौं । जनता बैंकले आईतबार देखि ‘मेरो तलब खाता’ संचालनमा ल्याएको छ । सरकारले सबै श्रमजीवी कर्मचारीको पारिश्रमिक बैंक खाता मार्फत भुक्तानी गर्नु पर्ने ब्ववस्था अनुसार बैंकले उक्त खाता संचालनमा ल्याएको हो । बैंकले ल्याएको उक्त खाता मार्फत शुन्य पैसामा खाता खोल्न सकिने, बार्षिक ब्याजमा ७ प्रतिशत पाउने, निशुल्क भिसा डेविडकार्ड, बीमा सुविधा, आश्वा सेवा लगायतका सेवा रहेको बैंकले जानकारी दिएको छ । कर्मचारी, श्रमिकको संचयकोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गर्न सकिनेछ । बैंकले १ सय २२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर तथा ७० एटिएम मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

प्रकाशित : १२ भाद्र २०७५, मंगलवार १४:५८