एनआईसी एशिया बैंकले भदौ २१ गतेदेखि ऋणपत्र जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनआईसी एशिया बैंकले भदौ २१ गतेदेखि ऋणपत्र जारी गर्ने



काठमाडाै । एनआईसी एशिया बैंकले भदौ २१ गते बिहीबारदेखि ऋणपत्र (डिवेञ्चर) जारी गर्ने भएको छ । बैंकले एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन गर्नेछ । निष्काशन हुने कुल ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३६ करोड ६० लाख रुपैयाँ बराबरको तीन लाख ६६ हजार कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ । ८० प्रतिशत अर्थात एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ६४ हजार कित्ता व्यक्तिगत तवर मार्फत बिक्री हुनेछ ।

’११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२।८३’ नामक सात वर्षे अवधिको ऋणपत्रको व्याजदर ११ प्रतिशत रहेको छ । व्याज भुक्तानी अर्थवार्षिक रुपमा हुने बैंकले जानकारी दिएको छ । ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गरिने पनि बैंकले जनाएको छ । एनआईसी एशिया बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन,वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउन तथा बैंकको प्रबन्धपत्रमा उल्लेख गरिएको उद्देश्य अनरुपको कार्य गर्ने प्रयोजनका लागि पूँजी संकलन गर्न ऋणपत्र जारी गरिन लागेको जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई प्रदान गरेको छ । इच्छुक लगानीकर्ताले ऋणपत्रमा २५ कितादेखि निष्काशन हुने अधिकतम कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । सो ऋणपत्र छिटोमा भदौ २५ गते निष्काशन बन्द हुनेछ भने सो समयमा सबै बिक्री नभएको अवस्थामा असोज १९ गतेसम्म खुला हुने जनाइएको छ ।

एनआईसी एशिया बैंकले जारी गर्न लागेको यो ऋणपत्र तेस्रो हो । यसअघि बैंकले दुई पटक गरि तीन अर्ब ५० करोडको ऋणपत्र जारी गरिसकेको छ ।

प्रकाशित : १२ भाद्र २०७५, मंगलवार १५:०५