लगानीकर्ताले अर्थमन्त्रीलाई सोधे– अर्बौको कारोबार हुने शेयर बजार अहिले करोड हुँदै लाखमा पुग्यो सरकार के गर्दे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

लगानीकर्ताले अर्थमन्त्रीलाई सोधे– अर्बौको कारोबार हुने शेयर बजार अहिले करोड हुँदै लाखमा पुग्यो सरकार के गर्दे छ ?



काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघले शेयर बजारमा देखिएको समस्या समाधानकालागि कुनै पहल नगरेको आरोप लगाएको छ । बुधबार संघले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी सेयर बजारमा दैनिक अर्बौको कारोबार हुने गरेकोमा अहिले करोड हुँदै लाखमा झरेकोले समयमा नै यस विषयमा सम्बोधन गर्न आग्रह गरेको हो ।

भेटमा अर्थमन्त्री डा.खतिवडाले आफुले बजारको विकास र विस्तार भएको हेर्न चाहेको समेत जानकारी गराए । उनले बजारलाई देशब्यापी बनाउनका लागि बैंकहरुलाई ब्रोकरको लाईसेन्स दिने विषयमा केही दिनमा बैंकर्सहरुलाई समेत छलपल गर्ने बताए ।
सो भेटमा लगानीकर्ताका नेताहरुलाई शेयर बजारमा देखिएको करको विवाद चाडो समाधान गर्ने पक्षमा रहेको र हकप्रद र बोनस शेयरमा लाग्ने करको बिषय समाधान गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित : १३ भाद्र २०७५, बुधबार १६:१९