शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश  दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश  दिने



काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश  दिने भएको छ । बैंकको भदाै १३ गते बसेको सञ्चालक समितिकाे  बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ३७ करोड ८६ लाख १५ हजार ४०० रुपैयाँको आधारमा १८% बोनस सेयर दिने निर्णय गरेको हो  र  बोनस सेयरमा लाग्ने कर तिर्न ०.९५% नगद लाभांश पनि दिने भएको छ । शाइनले २४ करोड ८१ लाख ५० हजार ८०० रुपैयाँ बोनस र १ करोड ३० लाख ६० हजार ५६८ रुपैयाँ नगद लाभांश दिने भएकाे छ ।
लगानिकर्ताले साे बोनस र नगद लाभांश  नेपाल राष्ट्र बैंक र रेसुंगाको आगामी वार्षिक साधारण सभाले स्कीकृति गरेपछि मात्र पाउने छन्  ।

प्रकाशित : १४ भाद्र २०७५, बिहीबार ११:३८