यस्ता छन बिमस्टेकमा मोदीले राखेका प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

यस्ता छन बिमस्टेकमा मोदीले राखेका प्रस्ताव



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् ।

काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे ।

‘सडक, रेल, जल तथा सबैभन्दा महत्वपूर्ण जनता–जनताबीचको सम्पर्क आवश्यक छ,’ उनले भने ।

प्रधानमन्त्री मोदीले अधिंकाश कृषिप्रधान तथा जलवायु परिवर्तनको असरबाट जुधिरहेकाले भारतले स्मार्ट कृषिबारेमा एक सम्मेलन गर्ने पनि जानकारी दिए ।

त्यस्तै,सबै विमस्टेक सदस्यहरुलाई इण्डिया मोबाइल कन्फरेन्समा सहभागीतको निमन्त्रणा गरे ।

बौद्ध धर्मको चर्चा गर्दै उनले भने, ‘बौद्ध धर्मले यो क्षेत्रलाई जोड्छ । त्यसैले हामी यही अगस्त २४ मा बौद्ध सम्मेलन गर्दै छौँ जसमा सबै विमस्टेक सदस्यलाई सहभागीताको आह्वान गर्दछु ।’

उनले नालान्दा विश्वविद्यालयमा विमस्टेक सदस्यका विद्यार्थीहरुले ३० छात्रवृत्री दिइने घोषणा गरे । ‘नालान्दा विश्वविद्यालयमा सेन्टर अफ वे अफ बङ्गाल स्टडी सेन्टर को स्थापना गर्नेछौँ,’ उनले भने ।

हिमालय र बंगालको खाडीबाट जोडिएको देश बारम्बार प्राकृतिक प्रकोप भागिरहेको बताउँदै यसमा सबैको साथको आवश्यकता औँल्याए ।

उनले ब्लू इकोनोमिक क्षेत्रमा रहेका युवाहरुलाई सहयोग गर्न तयार रहेको पनि जिकिर गरे ।

प्रकाशित : १४ भाद्र २०७५, बिहीबार १८:३२