एनआईसी एशियाको शाखा डुम्रेमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशियाको शाखा डुम्रेमा



काठमाडौं  । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका, वडा नं. १, डुम्रे स्थित डुम्रेमा स्थापना गरेको छ । एन आई सी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालूबाट बिहिबार भव्य समारोहकाबीच उद्घाटन भएको हो ।

मुलुकभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको दवी रहेको छ ।

बैंकको वासलातको आकार रू. १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

प्रकाशित : १४ भाद्र २०७५, बिहीबार १८:४२