अनलाइनबाटै अर्बौं संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

अनलाइनबाटै अर्बौं संकलन



काठमाडौं । भूकम्प पीडितका लागि प्रधानमन्त्री राहत कोषमा तीन अर्ब रुपैयाँ जम्मा भएको छ । तर, बिभिन्न गैरसरकारी संस्थाले १३ अर्ब भन्दा बढी रकम संकलन गरेका छन् ।

बिभिन्न देशले घोषणा गरेका सहयोगबाहेक बिभिन्न संघसंस्थाले अनलाइन र बिभिन्न माध्यमबाट नेपालका भूकम्प पीडितका लागि सहयोग जुटाएका हुन् ।

बेलायतस्थित डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी)ले सबैभन्दा धेरै रकम संकलन गरेको छ । यसले बुधबार साँझसम्म ५६ मिलियन बेलायती पाउण्ड (८ अर्ब ८४ करोड ५५ लाख ९० हजार नेपाली रुपैयाँ) उठाइसकेको नयाँपत्रिका दैनिकमा समाचार छ ।

हलिउड अभिनेत्री जोअन्ना लुम्लेले डिइसीमार्फत सहयोग संकलन गर्न टेलिभिजनबाट आह्वान गरेकी थिइन् । त्यसमा बेलायती महारानी एलिजावेथ, राजकुमार चार्ल्स र राजकुमारी क्यामेलाले पनि सहयोग गरेका थिए । हालै गरेको एक सर्वेक्षणले बेलायतका ५४ प्रतिशत जनताले नेपालका भूकम्पपीडितलाई सहयोग गरेको देखाएको थियो ।

दोस्रो धेरै सहयोग उठाउने संस्था अमेरिकाको ग्लोबल गिभिङ हो । यसले २७ लाख ४२ हजार ६१२ रुपैयाँ जुटाइसकेको छ ।

प्रकाशित : ७ जेष्ठ २०७२, बिहीबार ०२:५८