नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र जनता बैंक नेपालबीच तालिम कार्यक्रम संचालन गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र जनता बैंक नेपालबीच तालिम कार्यक्रम संचालन गर्ने सम्झौता



काठमाडाैँ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र जनता बैंक नेपाल लि. बीच मिति २०७५ भदौ १५ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार एन.बी.आईले जनता बैंक का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार जनता बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
उक्त सम्झौतापत्रमा जनता बैंक नेपाल लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत  परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत  संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

प्रकाशित : १५ भाद्र २०७५, शुक्रबार १५:२९