नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तालिम कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तालिम कार्यक्रम सम्पन्न



काठमाडाैँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा भाद्र १५ गते होटेल अन्नपूर्ण दरबारमार्ग काठमाण्डौमा नाडाका कार्यवाहक अध्यक्ष  कृष्णप्रसाद दुलालको सभापतित्वमा Training cum Workshop on “Enhancing Tax Skills ” सम्पन्न भएको छ ।

नाडाका अनुसार यस्तो किसिमको तालिम कार्यक्रम नाडाले विगतमा पनि गर्दे आएकोे छ । उक्त तालिम कार्यक्रमा नाडाका कूल ८१ सदस्य फर्म÷कम्पनीहरुले आफनो सहभागिता जनाएका छन् । उक्त कार्यक्रममा आन्तरिक राजश्व विभागका निर्देशक  शरद निरौला, भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, तथा सि.ए तथा कार्यक्रमका प्रशिक्षकद्धय साहिल अग्रवाल तथा निकेत अग्रवालले प्रशिक्षण दिएका  थिए ।

सरकारको प्रतिनिधित्व सहित यस किसिमको तालिम कार्यक्रम आयोजना गरेको यो दोश्रो भएको नाडाले जनाएको छ । खाशगरी अटोमोवाइल खुद्रा व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्ट्रिगतगरी यस किसिमको तालिम कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका उपाध्यक्ष तथा राजश्व समितिका सभापति  प्रकाश कपुरीले गर्नु भएको थियो भने उक्त तालिम कार्यक्रम नाडाका महासचिव सुनिल रिजालले सञ्चालन गरेका थियो ।

प्रकाशित : १७ भाद्र २०७५, आईतवार १३:५९