कर्पोरेट

शिखरशुको बडा शेल अफर ५० प्रतिशतभन्दा बढि छुट



काठमाडौ। शिखर शूजले काठमाण्डौ उपत्यका भित्रका आफ्ना ग्राहकहरुका लागि लक्षित गरि “बडा शेल”नामकअफर ल्यायको छ । एस अफर अन्तर्गत ग्राहकहरुले पनि ५० प्रतिशत भन्दा बढि छुट प्राप्त गर्न कम्पनीले जनाएको छ । यो अफर हालको लागि उपत्यका भित्रका ९ शो रुमहरुमा उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ ।

जस अन्तर्गत मनकामनाशुज, न्युरोड, शिखर शुज सेन्टर, खिचापोखरी, शिखर शुज सेन्टर, बानेश्वर, किर्तिपुर शुज सेन्टर, किर्तिपुर, बौद्धशुज सेन्टर बौद्ध, पाटन सुज सेन्टर, पाटन, लिवास इण्टरप्राइजेज, नयाँबसपार्क, कोसेलीशुजहाउस, भोटाहिटि र त्रिबेणी शुज सेन्टर भोटाहिटिमा उपलब्ध रहने छ।ग्राहकको मागलाई ध्यानमा राखीथप अरु शो रुमहरुमापनिबिस्तार गरिने कुरा कम्पनीले जनाएको छ। लेडिज तथा जेन्स स्यान्डल, पार्टि शु, कलेज÷स्कुल शु, अफिसियल शु, क्याजुअल शु र स्पोर्टस् शुहरुमा यो अफर उपलब्ध छ ।

कम्पनीले हालचप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागिजुत्तालगायतकाकरिब चार सय डिजाइनका जुत्ताचप्पलउत्पादनगर्दै आएको छ । यस उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष गरी बढी भन्दा बढी व्यक्तिलाइ रोजगारी दिदै आएको छ ।

ग्राहकको हितलाई ध्यानमा राखीकम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ ।कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयातगर्दै आएको छ ।

प्रकाशित : १७ भाद्र २०७५, आईतवार २०:४३