भदौ २६ गतेदेखि काठमाडौंमा नाडा अटो-शो हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भदौ २६ गतेदेखि काठमाडौंमा नाडा अटो-शो हुने



काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपाल र ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले यही भदौ २६ गतेदेखि काठमाडौंमा नाडा अटो-शो गर्ने भएको छ । नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा अटो-शो गर्ने जानकारी दिएको छ । ६ दिनसम्म चल्ने १३ औं नाडा अटो-शोमा विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन राखिने छन् ।

कार्यक्रम संयोजक निराकार श्रेष्ठले १९ वटाचार पांग्रे र २० वटा दुई पांग्रे ब्राण्डले मेलामा सहभागिता जनाउने बताए । यस वर्ष स्थान अभाव भएकाले हेभी कमर्सियल सवारी साधन प्रदर्शनीमा नराखिने भएको छ ।

उनकाअनुसार सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुबि्रकेण्टसका पनि स्टल राखिने छन् । नाडाले दशैं आउनुभन्दा झण्डै महिना दिन अगाडि गर्न लागिएको अटो-शोमा सवारीका नयाा मोडलहरु सार्वजनिक गरिने छ । यो वर्ष मेलाका लागि ३ वटा ह्यांगरहरु निर्माण गरिनेछ ।

मेलामा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने बताएको छ ।मेलामा अवलोकन गर्नेमध्येबाट दैनिक एकजना भाग्शाली विजेताले कुलप्याड मेगा २.५डी बाइक पनि प्रदान गरिने संयोजक श्रेष्ठले बताए ।

७१ वटा कम्पनीका १३४ स्टल रहने प्रदर्शनीलाई ६० हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाा प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुबि्रकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिज बिक्रेताको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

अवलोकनकर्ताहरूको सुविधाका लागि २ पाङग्रे, ४ पांग्रे, कमर्सियल गाडीहरु तथा वित्तिय संस्थाहरुको छुट्टा-छुट्टै ठााउहरू निर्धारण गरिएको संयोजक श्रेष्ठले बताए ।
पर्याप्त पार्किङ सुविधाका लागि यसवर्ष विेशष प्रयास गरिने नाडाले जनाएको छ । ‘मेला गतवर्षहरुमा भन्दा थ ब्यवस्थित र भब्य हुन्छ । अटो-शोले दशैं अघि नयाा गाडी चढ्न चाहानेहरुलाई सजिलो गराउनेछ’ श्रेष्ठले भने ।

प्रकाशित : १८ भाद्र २०७५, सोमबार ०८:५१