मिर्मिरे लघुवित्त वित्तीय संस्थाले  लाभांश  दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले  लाभांश  दिने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले  लाभांश  दिने भएकाे छ । लघुवित्तले  २४ प्रतिशत बोनस र १ दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लघुवित्त काे भदौ १७ गते आइतबार बसेको सञ्चालक समिति बैठकले २०७४/७५ को मुनाफाबाट हाल जारी हकप्रद शेयर बाँडफाँड पश्चात कायम हुने चुक्ता पुँजीको २४ प्रतिशत बोनस शेयर र १ दशमलव २६ नगद शेयर लाभांश वितरण गर्ने भएको छ ।

हाल कायम १० करोड ३८ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले बोनस शेयरपश्चात १२ करोड ८७ लाख ८६ हजार ४ सय पुग्नेछ ।

प्रकाशित : १८ भाद्र २०७५, सोमबार १२:२४