नबिल बैंकबाट शैक्षिक कर्जा लिन कलेजको अफर–लेटर कुर्नु नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नबिल बैंकबाट शैक्षिक कर्जा लिन कलेजको अफर–लेटर कुर्नु नपर्ने



काठमाडौं । नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रकृयालाई अझै सहज बनाएको छ । अब विद्यार्थीहरुले सम्बन्धित कलेज र विश्वविद्यालयबाट भर्नाको लागि अफर-लेटर प्राप्त गर्नु अघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्नेछन् । विद्यार्थीहरुले प्रयासरत कलेज र विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्ट पार्ने कागजात सहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् । यो नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न अत्यन्त सहज हुने अपेक्षा गरिएको छ, जसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रकृयाको लागि पर्याप्त समय उपलब्ध हुनेछ भने शत्रमा देखिने चाप तथा छोटो समयमा प्रकृया पुर्याउनुपर्ने वाध्यताबाट विद्यार्थीहरु मुक्त हुनेछन् ।

संशोधित शैक्षिक कर्जा प्रकृयाको बारेमा जानकारी गराउनको लागि बैंकले विभिन्न शैक्षिक परामर्शदाताहरुसँग भदौ ८ गते अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “विद्यार्थीहरुको लागि अझ राम्रो सेवा प्रदान गर्ने उदेश्यले शैक्षिक कर्जा प्रकृया सरल र सहज बनाइएको हो । यस्तो प्रकारको कर्जा आवेदन गर्न अब विद्यार्थीहरुले कलेज र विश्वविद्यालयबाट अफर लेटरको लागि लामो समय प्रतिक्षा गरिरहनु पर्दैन ।”

प्रकाशित : १८ भाद्र २०७५, सोमबार १६:१९