विधान सभामा सहभागी हुन राष्ट्रिय समितिहरुलाई एनआरएनएको निर्देशन, विधान संसोधनमा सुझाव पठाउन आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विधान सभामा सहभागी हुन राष्ट्रिय समितिहरुलाई एनआरएनएको निर्देशन, विधान संसोधनमा सुझाव पठाउन आग्रह



लण्डन । गैरआवासीय नेपाली संघले आफ्ना ७८ वटै राष्ट्रिय समन्वय परिषदलाई विधान सभामा सहभागी हुन आव्हान गरेको छ । आगामी अक्टोबर १२ अक्टोबरमा काठमाडौंमा हुने विधान सभामा सहभागी हुन चाहने एनसीसीलाई संघले आगामी अक्टोबर ११ भित्र अनिवार्य रुपमा नाम दर्ता गराउन आह्वान गरेको हो । नाम दर्ताका लागि प्रति सहभागी हुन चाहानेले एक सय अमेरिकी डलर दर्ता शूल्क सचिवालयमा जम्मा गर्न महासचिव डा। बद्री केसीले आब्हान गर्नु भएको हो ।

संघको विधानको दफा २९ को उपदफा ३ ले विधान सभामा अन्तर्राष्ट्रिय समन्वय परिषदका तत्कालिन, निवर्तमान र संस्थापक पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, हरेक राष्ट्रिय समन्वय परिषदका अध्यक्ष वा निजले तोकेको एक प्रतिनिधि, विभिन्न समतिका संयोजकहरु र अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तोकेको अन्य १० जना गैरआवासीय नेपाली विज्ञहरु प्रतिनिधिको रुपमा उपस्थिति हुन सक्ने व्यवस्था गरिएको महासचिव केसीले बताउनुभयो ।

साथै विधान सभामा नाम दर्ता गराई सहभागी हुनेहरुले अक्टोवर १३ र १४ का दिन काठमाडौंमा संघद्वारा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनमा समेत सहभागी हुन पाउने व्यवस्था मिलाइएको  छ । नाम दर्ताको लागि संघको वेवाईट https;|/www.knowledge(nrna.org/registration/  मार्फत पनि गर्न सकिने छ ।

राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुले आफैँ भागलिन नसक्ने भए आधिकारिक प्रतिनिधि पठाउन पाउने व्यवस्था समेत गरिएको छ । विधानतस् त्यस्तो अवस्थामा सम्बन्धित व्यक्तिले प्रतिनिधि तोकेको आधिकारिक पत्र समेत इमेल मार्फत सचिवालयमा उपलब्ध गराउनुपर्नेछ । साथै सभामार्फत विधान संशोधन सम्बन्धमा बृहत छलफल हुने भएकोले विधानमा व्यवस्था भएको व्यक्तिहरु बाहेक प्रतिनिधिका रुपमा आउने सबै पंजिकृत सदस्यहरुका लागि समेत सहभागिता खुला गरिएको महासचिव केसीले बताउनुभयो ।

यसैबीच संघले विधानमा हुनु पर्ने सुधारका सम्बन्धमा सबै पञ्जिकृत सदस्यहरुबाट राय सल्लाह लिई आफ्नो सुझाव संघको सचिवालयमा पठाउन समेत सबै राष्ट्र्रिय समन्वय परिषदलाई आग्रह गरेको छ । विधान सभा आगामी अक्टोबर १२ मा काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुनेछ ।

प्रकाशित : १९ भाद्र २०७५, मंगलवार ११:३०