मुक्तिनाथविकास बैंकको शाखा काठमाण्डौंको जोरपाटीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथविकास बैंकको शाखा काठमाण्डौंको जोरपाटीमा



काठमाण्डौं । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ गोकर्णेश्वर(जोरपाटी) न.पा. वडा नं. ०५, मा आज आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर  शिवराज श्रेष्ठले उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभयो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि  श्रेष्ठले प्रविधि प्रयोग गरी घरमै वसी कारोवार गर्न सक्ने बनाउन शुभकामना दिनु भयो । साथै सहज रुपमा खाता खोलि वित्तीय साक्षरता लगायतका सेवा पनि प्रदान गर्न आवश्यक रहेको वताउनु भयो । साथै यस विकास बैंकले कृषि र विपन्नवर्गमा प्रदान गरेको लगानिको प्रशंशा गर्नुभयो ।

उक्त कार्यक्रममा  विकास बैंकका ब्रान्ड एम्बेसडर  कुन्जना घिमिरे (सुन्तली), वागमती अभियन्ता  उत्तम पुडासैनी, वडा अध्यक्ष नारायण ब. सुवेदी, उपमेयर  शान्ती नेपाल लगायतले बैंकको सफलताको शुभकामना मन्तब्य राखेका  थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमाजानकारी गराउनु भएको थियो । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताउनु भयो । त्यसैगरी  बैंकको व्यवसाय बृद्धिसंगै भावीदिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीयनिकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्तगर्नुभएको थियो ।

उद्घाटन समारोहका सभाध्यक्षतथा संचालक समितिकासदस्य  नारायण कुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान  गर्दै अगाडी बढ्ने र विभिन्नवित्तीयतथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदानदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुक्तिनाथविकास बैंकको हाल सम्म काठमाण्डौ उपत्यका भित्र जोरपाटी लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर र भक्तपुरको कमलविनायक गरी १२ शाखाहरु संचालनमा आई सकेका छन्भने ठमेल, कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमासेवा सञ्चालनको तयारीमा रहेको छ ।

प्रकाशित : १९ भाद्र २०७५, मंगलवार ११:३७