अमेरिकी डलर मंगलबार इतिहासकै महंगो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

अमेरिकी डलर मंगलबार इतिहासकै महंगो



काठमाडौँ । अमेरिकी डलर मंगलबार इतिहासकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक डलरको बिक्रिदर ११४ रुपैयाँ २४ पैसा कायम भएको छ । यसको खरिददर भने ११३ रुपैयाँ ६४ पैसा रहेको छ ।

डलरको मूल्यमा दिनप्रतिदिन ऐतिहासिक रुपले बृद्धि हुन थालेको छ । हरेक दिनजसो अमेरिकी डलरले आफ्नो रेकर्ड ब्रेक गरिरहेको छ ।
डलरको मूल्य बृद्धिसँगै नेपालको आयतमुखी अर्थतन्त्रलाई यसले चुनौती सृजना गरेको छ ।

यद्यपि, देशको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान पनि रहेकाले यसबाट फाइदा लिन सकिनेछ । डलर महंगो हुँदा मूल्य बृद्धि गराउँछ । सरकारले मूल्य बृद्धिलाई नियन्त्रण भित्र राख्ने भनेपनि दिनहुँजसो बढेको डलरको मूल्यले महंगी नियन्त्रण भन्दा बाहिर जाने देखिएको छ ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानालले सप्लाई कम र माग ज्यादा हुँदा अमेरिकी डलरको मूल्य बढेको बताए । अमेरीकी ब्याजदर अझै बढ्ने देखिएकाले डलर अझै महंगो हुन सक्ने उनको तर्क छ । पछिल्लो समय अमेरीकी अर्थतन्त्र बलियो हुँदै गएको छ ।

भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमयदर भएको कारण पनि भारु कमजोर हुने वित्तिकै त्यसको असर नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

प्रकाशित : १९ भाद्र २०७५, मंगलवार १७:४७