ओरियन्टल इन्सुरेन्सको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ओरियन्टल इन्सुरेन्सको नाफा कति ?



काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत चौथो त्रैमास सम्ममा आईपुग्दा खुद नाफा १४ दशमलव ७७ प्रतिशतले घटेर १५ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १८ करोड २६ लाख रुपैयाँ पुगेको थियो ।

ओरिएण्टल इन्स्योरेन्सले जगेडाकोषमा १ करोड ३७ लाख रुपैयाँ नोगेटिभमा र जीवन बीमाकोषमा ५० करोड ६२ लाख रुपैयाँ राखेको छ । आम्दानीमा ९ दशमलव ३४ प्रतिशतले बढेर २३ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने खर्च १४६ दशमलव ८७ प्रतिशतले बढेर ७ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

आम्दानी भन्दा खर्च अत्याधिक वृद्धि गरेको हुदाँ नाफा बढाउन नसकेको हो । कम्पनीको खुद बीमा शुल्क ६८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ भने खुद दाबी भुक्तानी ४४ करोड ९३ लाख रुपैयाँ गरेको छ ।

यहि अवधिमा कम्पनिले ८५ करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ५८ करोड ४५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

प्रकाशित : २० भाद्र २०७५, बुधबार ११:३३