रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप २ शाखा रहित बैंकिङ्ग सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप २ शाखा रहित बैंकिङ्ग सेवा



काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले सिराहामा २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म २७ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रकाे रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रकाे रुपमा खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित : २० भाद्र २०७५, बुधबार १६:५१