यस वर्षको चार्डपर्व बजाज आरइ सँग खुसियाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

यस वर्षको चार्डपर्व बजाज आरइ सँग खुसियाली



काठमाडौ । बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टि भी उपहार, मनाउदै खुसी स —परिवार’ रहेको छ ।

यो योजना अन्तर्गत बजाज आरइेमार्फत खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरइका ग्राहकहरुले फ्रिमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने छन् र परिवारसँग मिलेर खुसीका साथ पर्व मनाउनेछन् भन्ने संदेश दिएको छ ।

हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘नेपालीहरुले मनाउने ठुला पर्वहरु आउँदै छन् र यस्ता चाडृपर्वले मानिसमा उत्साह, उमंग, जुनुन तथा आशा लिएर आएको हुन्छ । यो समय भनेको रमाइलो गर्ने सम्भावना र खुसी खोज्ने प्रयास पनि हो । हामी आफ्ना अमुल्य ग्राहकहरु माझ सबैमा खुसी ल्याउने यस्तो योजना ल्याउन पाउँदा अत्यन्तै खुसी छौ ।

हामी हाम्रा ग्राहक वर्गमा यो रमाइलो क्षणमा उत्कृष्ट उत्पादन प्रदान गर्नुका साथै उत्कृष्ट योजनाहरु पनि प्रदान गर्ने छौ । हामीलाइ बिश्वास छ हाम्रा बजाज आरइका ग्राहकहरु ३२ इन्चको हिमस्टार टिभि फ्रि पाउँदा खुसी हुने छन् साथै यो अफरले उनीहरुको परिवारमा समेत पर्वको उत्साह छाउनेछ ।’

प्रकाशित : २० भाद्र २०७५, बुधबार १८:१०