दोलखाबासीलाई माथिल्लो तामाकोशीको आईपीओको भर्ने अाज अन्तिम मौका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

दोलखाबासीलाई माथिल्लो तामाकोशीको आईपीओको भर्ने अाज अन्तिम मौका



काठमाडाै । दोलखाबासीले माथिल्लो तामाकोशीको आईपीओको भर्ने म्याद आज बिहिबार अन्तिम मौका छ । काठमाडौंमा बसोबास गर्ने दोलखाबासीलाई लक्षीत गरेर माथिल्लो तामाकोशीको आवेदन खुल्ला गरिएको थियो ।

तामाकोशीको थप गरिएको एक साता समय पनि अब आज बिहीबार (भदौ २१ गते) सकिनेछ । यसअघि तामाकोशीको सेयर भर्ने अन्तिम समय भदौ १४ गतेसम्म तोकिएको थियो । तर स्थानीय बासिन्दाको अनुरोधपछि फेरि एक साता अवधि थप गरी भदौ २१ गतेसम्म पुर्याइएको हो ।

तामाकोशीको सेयर भर्ने क्रम जारी रहेपछि स्थानीय बासिन्दाको विशेष अनुरोधमा धितोपत्र बोर्डले समय थप गरेको हो । यसअघि काठमाडौंबाट पनि आइपीओ भर्ने सुविधा दिइएको थियो । तर राजधानीबाट भर्ने म्याद भने भदौ १ गते नै सकिएको हो ।

अपर तामाकोशीले दोलखा जिल्लाका स्थानीयलाई साउन १६ गतेदेखि १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । आइपीओ खुलेको ८ दिनमै ओभरसब्सक्राइब भएको थियो । अहिले दोलखाबासीका लागि मात्र यो आइपीओ खुला गरिएको हो । कम्पनीले स्थानीयलाई आइपीओ बेचिसकेपछि सर्वसाधारणमा खुला गर्नेछ ।

प्रकाशित : २१ भाद्र २०७५, बिहीबार ०८:२६