महालक्ष्मी विकास बैंकको दुई शाखा थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

महालक्ष्मी विकास बैंकको दुई शाखा थपिए



काठमाडौं । महालक्ष्मी विकास बैंकले चितवनको रत्ननगर नगरपालिकास्थित टाँडी र रुपन्देहीको गैडहवा गाउँपालिकास्थित सूर्यपुरामा नयाँ शाखा स्थापना गरेको छ ।

नयाँ शाखासँगै बैंकको शाखा संख्या ७५ तथा एटीएम संख्या ३५ पुगेको छ । महालक्ष्मी विकास बैंकका अनुसार ग्राहक संख्या ४ लाख ८० हजारभन्दा बढी रहेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रहको छ भने करिब २७ अर्ब निक्षेप संकलन गरी २१ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : २४ भाद्र २०७५, आईतवार १६:४२