विश्वकर्मालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न दाङ जिल्ला अदालतको आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

विश्वकर्मालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न दाङ जिल्ला अदालतको आदेश



दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर विश्वकर्मालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत दाङले आदेश दिएको छ।

उनलाई आइतबार जिल्ला अदालत दाङमा पेश गरिएको मा अदालतले हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।

भोजपुरबाट धरौटीमा छुटेका विश्वकर्मालाई फेरि पक्राउ गरी प्रहरीले दाङ ल्याएको थियो।

विश्कर्माविरुद्ध नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी गत मंसिर १२ मा तुलसीपुरमा बम विस्फोट गराएको अभियोग लागेको छ । सोही घटनामा परी एक जना म्यादी प्रहरीको ज्यान गएको भन्दै विश्वकर्मा विरुद्द कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

प्रकाशित : २४ भाद्र २०७५, आईतवार १७:०३