बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) काे साधारण सभा असोज १५ र १६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) काे साधारण सभा असोज १५ र १६ गते



काठमाडौं । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) काे दर्ता किताब बन्द हुने भएकाे छ ।बोटलर्स नेपालकाे  वार्षिक साधारण सभा असोज १५ गते  र बोटलर्स नेपाल (तराई) को वार्षिक साधारण सभा भने असोज १६ गते बस्ने भएकोले दर्ता किताब बन्द हुन लागेकाे हाे । साधारण सभा गर्न बोटलर्स नेपालले असोज १ गतेदेखि दर्ता किताब बन्द  गर्दै छ भने बोटलर्स नेपाल (तराई)ले असोज २ गतेदेखि दर्ता किताब बन्द गर्दै छ । बोटलर्स नेपालले २० % नगद लाभांशकाे प्रस्ताव गरेको छ र बोटलर्स नेपाल (तराई)ले ४०  % नगद लाभांशकाे प्रस्ताव गरेको छ ।  साे प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

यी दुवै कम्पनीको साधारण सभा होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

प्रकाशित : २५ भाद्र २०७५, सोमबार १३:१५