सोमबार नेप्से ८ दशमलव १ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सोमबार नेप्से ८ दशमलव १ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ८ दशमलव १ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको उतपदनमुलक र लघुवित्त समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६२ कम्पनीको ११ लाख ५९ हजार २ सय ७२ कित्त सेयर बाट २७ करोड ७४ लाख २२ हजार ९ सय ६७ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह ५८ दशमलव ५९ अंकले ओरालो लागेको छ। आज होटल समुह ४५ दशमलव ९५ अंकले, लाइफ इन्स्योरेन्स २० दशमलव १८ अंकले, जलविधुत समुह १० दशमलव ७५ अंकले, विकास बँैक समुह १० दशमलव २८ अंकले, बैँक समुह ९ दशमलव ६३ अंकले, अन्य समुह ३ दशमलव ६७ अंकले र फाइनान्स समुह ३ दशमलव ३२ अंकले ओरालो लागेको छ ।
आज उतपदनमुलक र लघुवित्त समुह भने उकालो लागेको छ। आज उतपदनमुलक समुह २४ दशमलव ६८ अंकले र लघुवित्त समुह १३ दशमलव ३१ अंकले उकालो लागेको छ।

प्रकाशित : २५ भाद्र २०७५, सोमबार १५:१२