नाडामा टोयोटाको गाडी किन्दा सपरिवारलाई टुरको अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नाडामा टोयोटाको गाडी किन्दा सपरिवारलाई टुरको अफर



काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट नाडा अटो शो २०१८ मा स्पेसल अफरको घोषणा गरेको छ।

यस अफर अन्तर्गत नाडा अटो शो अवधिभरि टोयोटाको हरेक बुकिड्ढमा ५ जोडीको लागि ५ दिन, ४ रातको बालि टुर, ४ जोडीको लागि ४ दिन ३ रातको पोखरा टुर र २ जोडीको लागि माउण्टेन फ्लाइट जित्ने अवश प्राप्त गर्न सक्नेछन यसको अलावा टोयोटाले आकर्षक नगद छुटको व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ ।

सार्वजनिक गरियको एस यु भी “रस“ नाडा अटो शो को प्रमुख आकर्षण रहने कुरा कम्पनीले जनायको छ। डुवल भी भी टि (आइ सुपर इन्जिन भयको उक्त “रस“ मा ६ एस आर एस एयर ब्याग रहेका छन् जसबाट रसलाई कम्पनीले सुरक्षाको दृिष्ट्रकोणले उत्कृस्ट रहेको कम्पनीले दावी गरेको छ ।

यसको साथै नाडा अटो शो का ग्राहकहरुलाई टोयोटाले इन हाउस फाइनान्सको सुविधा पनि प्रदान गर्ने समेत जनाएको छ ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १९:०४