मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई गोदावरी ग्रिनवीच भिलेजमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई गोदावरी ग्रिनवीच भिलेजमा विशेष छुट



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि. र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोल बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट कार्ड भएका सबै ग्राहकहरुलाई उक्त होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १०% विशेष छुट दिने व्यवस्था भएको छ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट÷होटेल ग्रिनवीच भिलेजको तर्फबाट प्रवन्ध निर्देशक  प्रबिन आचार्यले हस्ताक्षर गर्नु भएको छ । यो सुविधा लिन यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्ष सम्म प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १९:३३