एनसिसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बीच बैंंकएस्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

एनसिसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बीच बैंंकएस्योरेन्स सम्झौता



काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र २६ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिनेछ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री बि. के. महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।

प्रकाशित : २७ भाद्र २०७५, बुधबार १४:२१