नयाँ ठाउमा जादै हुनुहुन्छ ? टिभीएसको नयाँ स्कुटरले नै बाटो देखाउँछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

नयाँ ठाउमा जादै हुनुहुन्छ ? टिभीएसको नयाँ स्कुटरले नै बाटो देखाउँछ



काठमाडाै । टि भी एस एनटीओआक्यू १२५ स्कुटर नाडा अटो शो २०१८ मा सार्वजनिक गरिएको छ । काठमाडौँमा शुरु भयको नाडा अटो शो २०१८ मा टि भी एसले आफ्नो नयाँ उत्पादन सार्वजानिक गरेको हो ।

टि भी एस मोटर कम्पनीको, टि भी एस एनटीओआक्यू १२५ सिसि स्कुटरमा आकर्षक डिजाइन हुनुका साथमा ब्लूटुथ, नेभिगेटर, फोन कलर आइडी डिस्प्ले, लोकेसन सहयोगी र राइड शेयर स्टार्टस समेत रहेको छ ।

नाडा अटो शोमा बुधबार जगदम्बा मोटरसका प्रबन्ध निर्देशक सहिल अग्रवाल र टीभीएसका एसिया क्षेत्रिय व्यापार प्रमुख अरुण कुमारले संयुक्त रुपमा उक्त स्कुटर सार्वजनिक गरेका थिए ।

१५५ एमएम ग्राउण्ड क्लियरेन्स, ५.५ लिटर फ्यूल क्यापासिटी र ३० किलो मिटर प्रति लिटर माइलेज दिने उक्त स्कुटर टीभिएसका देशभरीका डिलरहरुमा उपलब्ध रहेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

२ लाख २० हजार रुपैयाँ बजार मुल्य रहेको यो स्कुटर नेपालमा पहिलो ब्राण्ड बनाउने जगदम्बा मोटरर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले दावी गरे । नेपालमा उपलब्ध स्कुटरहरुमध्ये प्रतिप्रर्धी मुल्य भएपनि यसमा धेरै विशेषता भएको उनलको भनाइ रहेको थियो ।

प्रकाशित : २७ भाद्र २०७५, बुधबार २१:१०