कालिका पावर कम्पनीको आईपीओ आजबाट खुल्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कालिका पावर कम्पनीको आईपीओ आजबाट खुल्याे



काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको आईपीओ आजबाट खुलेको छ । कम्पनीले १२ लाख कित्ता अाईपिअाे निष्काशन गरेकाे छ ।कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा शेयर निष्काशन गर्न लागेकाे हाे ।

कम्पनीले १२ लाख कित्ता शेयरमध्ये २४ हजार कित्ता कर्मचारीलाई र ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको छ ।बाँकी ११ लाख १६ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिट मार्केटले जानकारी दिएको छ । यसको शेयर आवेदन कम्तिमा ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

शेयर निष्कासन छिटोमा असोज १ गते र ढिलोमा २८ गतेसम्म खुला हुने  छ ।

यसको सह निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड हो । यसको शेयर आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सी आस्वा सदस्य वित्तीय संस्थाबाट दिन सकिने छ ।

प्रकाशित : २८ भाद्र २०७५, बिहीबार १२:४५