बिहिबार नेप्से १४ दशमलव १३ अंकले उकालो लागेर बन्द भयाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिहिबार नेप्से १४ दशमलव १३ अंकले उकालो लागेर बन्द भयाे



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १४ दशमलव १३ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको न्नलाइफ इन्स्योरेन्स समुह, लघुवित्त समुह र लाइफ इन्स्योरेनस समुह बाहेक अरु सबैँ समुहले कमाएका छन् । आज कारोबारमा आएको १७३ कम्पनीको २७ लाख ११ हजार १ सय १० कित्त सेयर बाट ७२ करोड ९८ लाख ५ हजार ५ सय ४६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेर होटल समुहले कमाएको छ । आज होटल समुह ३२ दशमलव १९ अंकले उकलो लागेको छ । आज अन्य समुह २२ दशमलव २९ अंकले, बैक समुह १६ दशमलव २ अंकले, विकास बैँक समुह ११ दशमलव २७ अंकले,जलविधुत समुह ४ दशमलव ५३ अंकले, फाइनान्स समुह २ दशमलव २ अंकले र उतपादनमुलक समुह २ दशमलव ०६ अंकले उकालो लागेको छ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह ४१ दशमलव ४१ अंकले अंकले ओरालो लागेको छ। आज लाइफ इन्स्योरेन्स समुह ११ दशमलव १८ अंकले र लघुवित्त समुह ० दशमलव ६९ अंकले ओरालो लागेको छ।

प्रकाशित : २८ भाद्र २०७५, बिहीबार १५:१९