तारागाउँ रिजेन्सीको नाफा खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

तारागाउँ रिजेन्सीको नाफा खुम्चियो



काठमाडौं। तारागाउँ रिजेन्सी होटल (हायात) को गत आर्थिक वर्षमा ८.४४ प्रतिशतले नाफा खुम्चिएको छ। होटलले गत आर्थिक वर्षमा २५ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षमा २८ करोड ७ लाख रुपैयाँ थियो।

होटलको संचालन तर्फको आम्दानी ४ प्रतिशतले बढेको भए पनि खर्च भने ८ प्रतिशतले बढेको छ। कम्पनीले संचालनतर्फ एक अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको छ भने खर्च ४० करोड ९६ लाख रुपैयाँ भएको छ।

होटलको चुक्ता पूँजी एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४३ करोड तीन लाख रुपैयाँ छ। होटलको प्रति शेयर आम्दानी १३ रुपैयाँ रहेको छ।

लामो समयदेखि लाभांस नदिएको होटलले गत वर्ष ७.३७ प्रतिशत नगद लाभांस दिएको थियो। दोस्रो बजारमा एक वर्षको अवधिमा होटलको अधिकतम ३४८ रुपैयाँदेखि न्युनतम २४१ रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित : २९ भाद्र २०७५, शुक्रबार १३:२१