हिलटप जुनारको अध्यक्षमा घिमिरे चयन, बृद्ध सदस्यको ५० हजार रुपैयाँसम्म खर्च ब्यहोर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिलटप जुनारको अध्यक्षमा घिमिरे चयन, बृद्ध सदस्यको ५० हजार रुपैयाँसम्म खर्च ब्यहोर्ने



काठमाडौं। राजधानीको तीनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यिय सहकारी संस्थाको नवौं बार्षिक साधारणसभाले बासुदेव घिमिरेलाई सर्बसम्मतले अध्यक्षमा चयन गरेको छ । त्यस्तै रिक्त उपाध्यक्षमा देवी खड्का र सदस्यमा विनोदकुमार थापालाई चयन गरेको छ ।
संस्थाका अध्यक्ष कृष्ण गिरीले राजिनामा दिएपछि अध्यक्ष पद रिक्त थियो । यसअघि उपाध्यक्ष रहेका घिमिरे अध्यक्षमा चयन भएपछि रिक्त उपाध्यक्षमा खड्कालाई चयन गरिएको हो ।
संस्थाको साधारणसभाले आगामी ४ बर्षका लागि रणनीतिक योजनासमेत पारित गरेको छ । उक्त रणनीतिक योजनाले त्यस अबधिमा सदस्य संख्या ७ हजार पु¥याउने,
संस्थाको शेयर पुजी ६ करोड ५० लाख पु¥याउने, कुल बचत ३७ करोड पु¥याउने, आफ्नै भवन निर्माण गर्ने, विभिन्न स्थानमा ३ वटा सेवा केन्द्र स्थापना गर्ने, सिन्धुली जिल्ला कार्यक्षेत्र विस्तार गरी जुनार, पशु पंक्षि तथा कृषि संग सम्बन्धीत कार्यहरु गर्ने र सदस्यहरुबाट उत्पादीत जुनार लगायतका फलफुल,तरकारी, मासु तथा कृषिजन्य वस्तुहरु प्रशोधन र बजारीकरण गर्ने लक्ष लिएको छ ।
संस्थाका अध्यक्ष घिमिरेले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका ७० वर्षभन्दा माथिका उमेर समूहका सदस्यहरुको स्वास्थ जिवन विमा गरी ५० हजार रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइने बताए । यस्तै यस वर्षदेखि महिला सदस्य सुत्केरी भएमा १हजार नगद वा सो वरावरको सुत्केरी स्याहार सामग्री सहित एक थान खुत्रुके संस्थाले उपलब्ध गराउने भएको छ ।
सदस्यको मृत्यू भएमा सात दिन भित्र संस्थाबाट मृत्यूमा सोक व्यक्तगर्न संचालक तथा सदस्यहरु अनिवार्य रुपमा जाने भएका छन् । संस्थाले सदस्यको मृत्यू भएमा किरिया खर्चबापत सदस्यको परिवारलाई १० हजार रुपैयाँ सहयोग गर्ने व्यवस्था साधारणभाबाट गरिएको छ ।
साधारणसभामा प्रबन्ध संचालक सुमनविक्रम थापाले चालु आर्थिक बर्षका लागि आयब्ययको विवरण (बजेट) प्रस्तुत गरेका थिए । थापाका अनुसार संस्थाको शेयर पूँजि २ करोड ३८ लाख ८४ हजार पुगेको छ । गत बर्ष संस्थाले ८ करोड ८ लाख ४८ हजार रुपैयाँ बचत संकलन गरेर २० करोड ४६ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस अबधिमा संस्थाले २२ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । संस्थामा रहेका विभिन्न कोषहरुमा १ करोड २७ लाख २६ हजार रुपैयाँ जम्मा भएको छ । संस्थाका अहिले बाल सदस्यसहित १ हजार ४ सय ४१ सदस्य छन् ।
कार्यक्रममा लेखा समितिका संयोजक नारायणदेव श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको उद्घाटन सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले गरेका थिए ।

प्रकाशित : ३१ भाद्र २०७५, आईतवार ११:४७