रिचार्जरले ल्यायो नयाँ योजना, सामान मन नपरे फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिचार्जरले ल्यायो नयाँ योजना, सामान मन नपरे फिर्ता



काठमाडाैँ । नजिकिदैँ गरेको चाडपर्वलाई लक्षितगर्दे मोबाइलएप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फिर्ता’ योजना ल्याएको छ । जस अन्तर्गत रिचार्जरएपको माध्यमबाटलुगा तथा जुत्ता खरिद गर्ने क्रममा आफुसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरले  जनाएको छ ।
ग्राहकहरुले सामान अर्डर गरेर ट्राई गरे पछि मन नपरेको खण्डमा तत्कालै उक्त सामानफिर्ता गर्न सक्ने छन् । ‘रिचार्जरबाट सामान अर्डर गरे पछि पाएको सामान मन नपरेर फिर्ता गर्दा कुनै किसिमको रकम तिर्नु पर्दैन ।’रिचार्जरका प्रमुखकार्यकारी अधिकृत निराजन सिंहले भने ।
पछिल्लो समय अनलाइनतथा विभिन्न एपबाट सामान किन्ने ग्राहकहरुले कतिपय अवस्थामा आफुले अर्डर गरे अनुसारको समान पाउन सकि रहेका छैनन् भने पाएको सामानपनि अनलाइनमा देखाइए अनुसारको नहुने समस्या छ । यो अवस्थालाई मध्यनजर गर्दै रिचार्जरले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर यस्तो योजना सुरु गरेको रिचार्जरका प्रबन्धक दामोदर श्रेष्ठको भनाई छ । यो योजना सिमित अवधिका लागि मात्रलागू हुनेछ ।
रिचार्जरबाट सामानअर्डर गर्ने ग्राहकले सामान पाएपछि नगदतथा कार्ड स्वाप गरेर रकम भुक्तानी गर्न सक्छन् । रिचार्जरका प्रबन्धक श्रेष्ठका अनुसार सामान डेलिभरीका क्रममा कार्डबाट रकम भुक्तानी गर्ने सेवाका लागिपोर्टेबल पस मेसिनको प्रयोग हुनेछ । यसरी सामान हातमा परे पछि मन परेको खण्डमा मात्र नगद वा कार्डबाट रकम भुक्तानी गर्दा सेवा ग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ । यसरी रकम भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने रिचार्जरले प्रष्ट पारेको छ ।
साथै रिचार्जर एपको माध्यमबाट दशँैका बेला हवाई जहाजको टिकट काट्दा ५० प्रतिशत क्यास व्याक पनि पाइने छ । गुगलप्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास व्याक पाइने छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामानखरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।
मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा डेढ दर्जन बैंकको इ बैंकिंगका साथै इसेवा जस्ता पेमेण्ट गेटवे र मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ ।
त्यस्तै होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट लगायत सेवा प्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।

प्रकाशित : ३१ भाद्र २०७५, आईतवार १३:२४