आइएमई लिमिटेड र बोता मःम वीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइएमई लिमिटेड र बोता मःम वीच सम्झौता



काठमाडौं।काठमाडौंपानीपोखरीस्थित केन्द्रीयकार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवीमार्ग गणेश वस्ती महाराजगंज काठमाडौंमा अवस्थित बोता मःम वीच सम्झौता भएको छ ।सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले बोता मःममा१५ प्रतिशत विशेष छुट पाउने छन् ।

काठमाडौंमा चार (४), ललितपुरमा एक (१) र भक्तपुरमा आउँदै गरेको एक (१) सहित कुल छ (६) आउटलेट रहेको बोता मःमका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ ।यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मःमको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् ।यो सम्झौता यहि मिति २०७५ साल असोज०१ गते देखि दुई वर्ष सम्मका लागि लागु हुनेछ।

आइएमई सँग आवद्ध सेवा ग्राहीहरूलाई विभिन्न सेवामा सहुलियत पूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टर सहित ७७जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : ३१ भाद्र २०७५, आईतवार १४:०८