जनता अवकाश कोषले मुनाफा वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनता अवकाश कोषले मुनाफा वितरण गर्ने



काठमाडाैँ । जनता अवकाश कोषको  भाद्र ३१ गते कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७४÷७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साथैं, कोषले आर्थिक बर्ष २०७४÷७५ मुनाफाबाट कोषमा सहभागी बचत कर्ता÷संचयकर्ताहरुलाई निजहरुको २०७५ असार मसान्तमा कायम रहेको बचत मौज्दातको १% का दरले मुनाफा वितरण गर्ने निणर्य गरेको छ ।सो बराबरको रकम सहभागीहरुको सम्बन्धित खातामा मिति २०७५ आश्विन १ गते जम्मा गरेको छ ।
आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश  कोषको रुपमा स्वीकृती प्राप्त गरी बि.सं. २०६० सालमा सिद्धार्थ अवकाशकोषको नाममा स्थापना भई सेवा प्रदानगर्दै आइ रहेकोमा मिति २०७५ असार १ गते बाट कोषको नाम परिर्वतनभई जनता अवकाश कोषको नाममा संचालनमा रहेको छ ।कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
जनता अवकाशकोषले कर्मचारीको संचयकोष, अवकाशकोष, उपदानकोष, संचितविदाकोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजना मार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठीत संघ, संस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र करयोग्य आय भएका परामर्श दाता,चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई सेवाप्रदान गरिरहेको छ । कोषले संचालन गरेका अवकाश योजनाहरुमा बार्षिक ८.५०% प्रतिशतका दरले व्याज प्रदान गर्नुका साथै संचित रकमको ९०% प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००÷ र काज क्रिया खार्च रु. १०,०००÷को व्यवस्था गरेको छ ।
जनताअवकाशकोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत कोषको सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १ आश्विन २०७५, सोमबार १५:४४