डलरको मूल्य ११७.०७ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

डलरको मूल्य ११७.०७ पुग्यो



काठमाडाै । अमेरिकी डलरको मूल्य निरन्तर बढिरहेको छ । बुधबार डलरको भाउ अहिलेसम्मकै सबैभन्दा बढी पुगेको छ । यससँगै, अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासमै सबैभन्दा सस्तो हुन पुगेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयदरमा बुधबारका लागि एक डलरको भाउ ११७ रुपैयाँ सात पैसा तोकेको छ । भारतीय मुद्रा कमजोर हुँदा त्यसैसँग जोडिएर नेपाली रुपैयाँ कमजोर भएको हो । भारतीय बजारमा एक भारु बराबर ७२.५५ डलर दर रहेको छ ।

डलरको भाउ बढ्दा एकातिर रेमिट्यान्स काय बढ्न जान्छ भने निर्यात व्यापारलाई राहत मिल्नेछ । तर, नेपालमा निर्यातभन्दा बढी आयात हुने हुँदा विदेशी मुद्रा तिरेर कन्नुपर्ने वस्तु तथा सेवा महँगो पर्न जान्छ ।

विदेशबाट कच्चा पद्धार्थ ल्याएर उत्पादन गर्ने उद्योगहरुको लागत बढ्ने हुँदा उत्पादित सामान पनि महँगो हुन्छ । डलरको मूल्य वृद्धिका कारण सरकार लाई विदेशी ऋण र सावाँ भुक्तानीमा अतिरिक्त भार पर्न जान्छ । त्यस्तै, विदेशमा खर्च हुने काम जस्तै, पढाई, उपचार, भ्रमण लगायतको शिलशिलामा जानेहरुका लागि पनि समस्या आइपर्छ ।

प्रकाशित : ३ आश्विन २०७५, बुधबार १२:३७