सहकारी सचिव मैनालीको खुलासा-सहकारीले सदस्यलाई थुन्ने जेलकोठा पनि वनाएका रहेछन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सहकारी सचिव मैनालीको खुलासा-सहकारीले सदस्यलाई थुन्ने जेलकोठा पनि वनाएका रहेछन्



काठमाडौ / भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले धेरै सहकारीहरु कम्पनीका रुपमा चलेको वताए । उनले सहकारीहरु एनजिओ र आइएनजिओ जस्ता भएको वताएका छन ।  रोयल वहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै सचिव मैनालीले भने  ‘धेरै सहकारीहरुले सहकारी मूल्य मान्यता पालना गरेका छैनन कम्पनीका रुपमा चलेका छन्’ । उनले भने – सहकारीहरु एनजिओ र आइएनजिओ जस्ता भएका छन् । सहकारी साहुकारी भएका छन’ । केही सहकारीले सदस्यलाई थुन्ने जेलकोठा पनि वनाएका रहेछन्’ ।

सचिव मैनालीले आर्थिक विकासका लागि निजी, सहकारी र सार्वजनिक तीनवटा बलिया खम्वा नभइ सम्विधानमा तीनवटा क्षेत्रको भूमीका मात्र उल्लेख गरेको वताए  । सहकारी विस्तारको क्रममा भएकोले निजीक्षेत्र जस्तै बलियो वन्न सहकारीले पनि साना साना सिप र सम्भावनाहरुलाई उपयोग गरेर सम्वृद्ध नेपाल वनाउनको लागि अघी वढ्नुपर्ने वताए  ।

यसमा राज्यको भूमिकाको अपेक्षा विनानै सहकारीले आत्म निर्भर र अनुसाशित भएर अघी वढ्नुपर्ने उनको भनाई थियो । उनले ‘वर्तमान सहकारी ऐनले सहकारीलाई व्यवस्थित गर्न धेरै प्रावधानहरु ल्याएको हुनाले सहकारीको लगानीको क्षेत्र पनि प्रष्ट तोकीदिएको उल्लेख गर्नु भयो । उनले भने , ऐनले सहकारीलार्ई सहकारी’ वनाउन खोजेको हो’ ।

स्थानिय तीनवटै तहमा सहकारीलाई व्यवस्थित गर्ने मूख्य जिम्मेवारी गएको हुनाले यसलाई प्रवद्र्धन र विकासकोलागि स्थानियतहले भूमिका खेल्नु पर्ने उहाँको भनाइ थियो । संस्थाले सदस्य शिक्षामा जोड दिनु पर्ने र सदस्य जागरुक हुनुपर्ने वताए । ३४ हजार पाँच सय १२ सहकारीमा गत वर्ष १३० वटामा संस्थामा समस्या देखिए मध्ये १० वटा संस्थालाई समस्याग्रस्त घोषण गरेको जानकारी दिए ।

दोहोरो सदस्यताको समस्या समाधान गर्न सहकारीहरु मर्ज गर्नु पर्ने आवश्यकता भएको भन्दै उनले ६० लाख सदस्यवाट संस्था एकिकरण पछि ४० लाख सदस्यमा आउने बताए । धेरै जसो संस्थाहरु आफ्नो विनीयम भन्दा वाहिर गएर काम गरेका छन् । १४ हजार बचत तथा ऋण सहकारी वाहेकका सहकारी मध्ये पनि ९० प्रतिशत सहकारीले बचत तथा ऋणको मात्र काम गरेको उनको भनाइ छ । श्रमीककालागि सहकारी हुन नसकेकोले अव सहकारीले आफ्नो हैसियत आफै वनाउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सहकारीले नहुने वर्ग र हुने वर्गलाई जोड्ने काम गरेर नहुने वर्गलाई हुनेखाने वनाउन योगदान गरेको बताए । उनले महिलालाई आत्म निर्भर वनाउन पनि सहकारीको गोगदान रहेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष भानुभक्त ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे  । संस्थाका सचिव सिताराम काफ्लेले संस्थाको आगामी कार्य तथा योजना वारेमा जानकारी गराए  भने कोषाध्यक्ष कृष्णकुमार मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कोषाध्यक्ष मगरले संस्थाले आव ०७४÷०७५ मा ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैंया शेयर पूँजी तथा ४९ करोड ८८ लाख ९५ हजार ९ सय ५ रुपैंया बचत संकलन गरेको जानकारी दिएका छ भने संस्थाले ५१ करोड ४४ लाख ३२ हजार १ सय २७ रुपैंया ऋण लगानी गरेको सभामा जानकारी दिए । संस्थाले सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गर्ने जनाएको छ ।

प्रकाशित : ३ आश्विन २०७५, बुधबार २०:१४