रोयल सहकारीले दुग्ध उद्योगमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

रोयल सहकारीले दुग्ध उद्योगमा लगानी गर्ने



काठमाडाै । रोयल बहुउद्देश्यीय सहकारीले दुग्ध उद्योगमा लगानी गर्ने भएको छ । संस्थाले ५ करोडको लागतमा छिट्टैनै ‘रोयल डेरी उद्योग’ स्थापना गर्ने जनाएको हो ।

संस्थाको २१ औं वार्षिक साधारण सभामा अर्थिक वर्ष ०७४÷०७५को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भानुभक्त ढकालले पहिलो चरणमा सदस्यहरुले उत्पादन गरेको दूध संकलन गरी दूग्ध पदार्थ उत्पादन तथा विक्री गरिने जानकारी दिनु भयो । उहाँले पछि संस्था आफैले पशुपालन गरी उद्योगको उत्पादन क्षमता वृद्धि गरी सहकारीले उपभोक्ता र उत्पादकलाई जोड्ने र विचौलीयाको अन्त्य हुने वताउनु भयो । अध्यक्ष ढकालले संस्थाले विभिन्न उद्योगहरु संचालन गर्ने लक्ष्य लिएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘पहिलो चरणमा दुग्ध उद्योग स्थापना गरीने छ भने दोश्रो चरणमा वहुउद्देश्यीय सहकारी भवन निर्माण गरी देशभरीका कृषि सहकारी तथा कृषक समूहमार्फत उत्पादन भएका कृषि उपजको बजार व्यवस्थापन गर्न ‘रोयल कृषि सहकारी बजार’ स्थापना गर्ने बताउनु भयो ।

अध्यक्ष ढकालले संस्थाले लघुवित्त कार्यक्रमलाई प्राथमिकता दिंदै काठमाडौं उपत्यका लगाएत नुवाकोट जिल्लाका समेत गरी ३ सय ७५ लघुवित्त सेवाकेन्द्र मार्फत ४ हजार २ सय ६ जना महिला सदस्यलाई अवद्ध गराएको जानकारी दिनु भयो । साथै आगामी दिनमा ५ हजार महिला सदस्यहरुलाई आवद्ध गराउने वताउनु भयो । उहाँले संस्थाले वर्ष भरी गरेका सामाजिक कार्यक्रमहरुको वारेमा जानकारी पनि गराउनु भयो । संस्थाले रक्तदान, वाग्मती तथा विभिन्न मठमन्दिरमा सर सफाई, निशुल्क स्वस्थ्य परिक्षण, असाहय विद्यार्थीहरुलाई विद्यालय सामाग्री वितरण, असाहय वृद्ध तथा वालवालिकालाई खाद्यान्न तथा कपडा लगाएत पशुपति क्षेत्रमा जुत्ता चप्पल राख्न झोला वितरण गरेको जानकारी दिनु भयो ।
पुरस्कार र सम्मान पनि
रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभामा उत्कृष्ट लघुवित्त केन्द्र र केन्द्र प्रमुखहरुलाई नगद सहित पुरस्कृत गरीएको थियो । साथै संस्थाले उत्कृष्ट कारोवार गर्ने सदस्य, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको थियो भने संस्थाका जेष्ठ सदस्यलाई सम्मान पनि गरेको थियो ।

प्रकाशित : ३ आश्विन २०७५, बुधबार २०:२०