नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे



नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का सिक्रे बासिहरुले ‘आफ्नो गाउँ आफै बनाउँ, आफ्नो बाटो आफै खनौ’ भन्दै नुवाकोट जिल्लाको पुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेका वडा सदस्य सन्तोष थापा सहित वडाबासीहरु आफ्नो घरबाट साबेल, कोदालो लिएर ढुङ्गेडाँडा, नयाँपुल सडक मर्मतमा असोज ३ गतेबाट जुटि रहेका छन् ।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका वडा सदस्य सन्तोष थापा तथा वडाबासीहरुले देखाएको यो उदाहरणिय कार्यको यत्तिबेला चौतर्फी चर्चाको विषय बन्दै गएको छ ।
वडा सदस्य थापा भन्छन्, सडक मर्मत गर्नका लागि बजेट भएपनि हाललाई गाउँका मानिस बिरामी हुँदा सहजै यातायातको साधन ल्याउन नसकिने र किसानले खेतबारीमा लगाएको अदुवा, तरकारी तथा अन्य उत्पादनहरुलाई बजार लैजान समेत गाह्रो भएको हुँदा यसमा सहज बनाउँन सडक निर्माणमा जुटेका हौँ । बाटो मर्मत गर्न लगभग ३ दिन लाग्ने र मर्मत भएको बाटोबाट शिवपुरी सिक्रेको तल्लो भेगका स्थानीय बासिन्दाहरुलाई सहज हुने उनि बताउछन् ।

प्रकाशित : ४ आश्विन २०७५, बिहीबार १४:०७