१३ बर्षदेखि नोक्सानी बेहाेरीरहेकाे युटीएललाई प्राधिकरणको पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

१३ बर्षदेखि नोक्सानी बेहाेरीरहेकाे युटीएललाई प्राधिकरणको पत्र



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) लाई सेवा शुरु गर्न पत्र पठाएकाे छ । टेलिफोनको एकिकृत (युनिफाइड) लाइसेन्स लिएको लामो समय बितिसक्दा पनि काम शुरु नगरेपछि प्राधिकरणले पत्र काटेको हो ।

अध्यक्ष दिगम्बर झाले प्राधिकरणले सोमबार युटीएललाई पत्र काटिसकेको जानकारी गराए । झाले दिएकाे जानकारी अनुसार युटिएललाई कानून बमोजिम कारबाही ५ लाख जरिवाना भैसकेको छ ।

एक वर्षअघि प्राधिकरणले युटीएलसँग अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको थियो । फाइबर बिछ्याउने सम्झौतामा प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र युटीएलका प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीले साे सम्झौतामा हस्ताक्षर गरे ।

तथापि कुनै कार्य भएकाे छैन । युटीएलले २ अर्ब १ करोड रुपैंयाँमा प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने सहमति गरेको थियो । यस्ताे सहमति गरेतापनि कार्य प्रगति नभएको  हो  । युटीएल पछिल्लो १३ बर्षदेखि नोक्सानी बेहाेरीरहेकाे कम्पनी हो ।

प्रकाशित : ५ आश्विन २०७५, शुक्रबार ०८:३९