गरिमा विकास बैंककाे साधारण सभा असोज २६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गरिमा विकास बैंककाे साधारण सभा असोज २६ गते



काठमाडौं । गरिमा विकास बैंककाे साधारण सभा असोज २६ गते  हुने भएकाे छ । बैँककाे अासाेज ४ गते बसेकाे संचालक समितिकाे बैठकले  अासेज २६ गते  होटल पोखरा ग्रान्ड विरौटामा साधारण सभा बाेलाएकाे छ ।

साधारण सभामा बैँकले १३.७५% लाभांश प्रस्ताव लाने भएकाे छ । बैँकले  चुक्ता पुँजीबाट १०% बोनस सेयर र ३.७५% नगद लाभांश दिने प्रस्ताव सभामा लादै छ । बैँकले बोेनसमा २५ करोड ३४ लाख ८७ हजार ९९९ रुपैयाँ ७१ पैसा र नगद लाभांशमा ९ करोड ५० लाख ५७ हजार ९९९ रुपैयाँ ८९ पैसा खर्च गर्न लागेको छ ।

साधारण सभाका लागि बैंकले असोज १२ देखि २६ गतेसम्म दर्ता किताब बन्द हुने भएकाे छ ।  यसआधारमा असोज ११ गतेसम्म मात्र कायम सेयरधनीले मात्र गरिमाको बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल गरिमाको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ छ ।

 

प्रकाशित : ५ आश्विन २०७५, शुक्रबार ११:४३