जोखिम मोलेरै उखु बेच्दै किसान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जोखिम मोलेरै उखु बेच्दै किसान



बारा । बाराका उखु किसानले बिभिन्न समस्या झेल्दै उखु उद्योगलाई बेच्न बाध्य भएका छन् । चिनी मिल संचालन गर्नेे या नगर्ने भन्ने अबस्थामा रहेका उद्योगीले अन्ततः पुस दोस्रो साताबाट मिल संचालन गरे पछि किसानले बिभिन्न जोखिम मोलेरै उखु उद्योगमा पुर्‍याई बेच्न बाध्य भएका हुन् ।

गत बर्ष भन्दा तेब्बर ढुवानी भाडा, आन्दोलनकारीको धम्की र मंहगाें इन्धनका कारण ढुबानी साधन अभाब भए पनि जेनतेन गरेर कृषकहरुले अहिले उद्योगमा उखु लान थालेका हुन् ।

कालोबजारीमा किनेको इन्धनबाट ढुवानी भाडा महँगो खेपिरहेका किसानहरुले गतबर्ष भन्दा तेब्बरमा दुवानी गर्न बाध्य भएका छन् । गतबर्ष प्रति क्विन्टल ५० रुपैयांका दरले भाडा तिरेका किसानहरुले यसबर्ष १ सय ४५ रुपैयांमा ढुवानी गर्न बाध्य भएका हुन् ।

अघिल्लो बर्ष उधारोमा उखु बेचेर अहिले सम्म पैसा हात नपारेका किसान यस बर्षपनि उधारोमा नै जसोतसो उखु बेचेर खेत खाली गर्नेतर्फ लागेको बताउँछन् ।

उद्योगले गत बर्ष प्रति क्विन्टल मुल्य ४ सय ६१ तोकेकोमा यस बर्ष ४ सय ४८ प्रतिक्विन्टल मुल्य निर्धारण भएको छ । उखुको मुल्य यसबर्ष अघिल्लो बर्षको भन्दा १३ रुपैयां कम तोकिएको छ ।

प्रकाशित : २३ पुष २०७२, बिहीबार ०४:५७